काठमाडौं, मंसिर २५ — नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) द्वारा आयोजित चार दिने डिजिटल पर्यटन प्रवर्द्धन र एआई तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
तालिमको दोस्रो ब्याच २०८२ मंसिर २४ गते मा ठमेलस्थित होटल ठमेल पार्कमा सम्पन्न भएको हो।
तालिममा नौ जना महिला प्रतिनिधिहरू सहित ट्रेकिङ एजेन्सीका सञ्चालकहरू गरी जम्मा ४० जना सहभागी भएका थिए। उनीहरूलाई एक समारोहका बीच टानका अध्यक्ष श्री सागर पाण्डेले तालिम समापनको प्रमाणपत्र प्रदान गर्नुभयो।
सो कार्यक्रममा टानका कार्यसमिति सदस्य श्री राजु गुरुङ, कार्यसमिति सदस्य श्री अम्बिर गुरुङ, कार्यसमिति सदस्य पवित्रा तामाङ, तालिमका सहजकर्ताहरू, प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सेडाई र परियोजना संयोजक श्री युवराज लामा लगायतको उपस्थिति रहेको थियो।
सहभागी सञ्चालकहरूले डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी पर्यटन व्यवसायलाई आधुनिक र प्रतिस्पर्धी बनाउने सीप सिकेका छन्।
तालिम कार्यक्रमको सहजीकरण काठमाडौं नेपालको आई.स्टेम ल्याबका प्रशिक्षकहरू श्री सुमन बराल, श्री ज्ञानेश कुमार कर्ण र श्री राजकुमार आचार्यले गर्नुभएको थियो।
यस तालिमले सहभागी ट्रेकिङ एजेन्सीहरूलाई आफ्नो व्यवसायको डिजिटल रूपान्तरण गर्न र विश्वव्यापी बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।